किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ : राजेन्द्र लिङदेन – Nepal Press

किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ : राजेन्द्र लिङदेन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले किराँतको मुन्धुमअनुसार जीवजन्तुको बलि चढाउने चलन नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केही गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बलि चढाउने चलन रहेको भन्दै गरेको प्रचारप्रति दुःख व्यक्त गर्दै लिङदेनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनैपनि जीवजन्तुको हत्या(बलि) निषेध छ ।’


प्रतिक्रिया

One thought on “किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ : राजेन्द्र लिङदेन

  1. सहि कुरा । पढेकोले यसरी भन्छ । पश्चिमाको पैसा खाएका दलालहरू काट्न पाउनुपर्छ भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर