प्रभुको चेतावनी- गौर हत्याकाण्ड पीडित न्यायका लागि हेग जान्छन् (भिडिओ) – Nepal Press

प्रभुको चेतावनी- गौर हत्याकाण्ड पीडित न्यायका लागि हेग जान्छन् (भिडिओ)

ललिता निवासमा गठबन्धनले ठूला नेता जोगायो

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ठूला काण्डहरूमा दोषी देखेका शीर्ष नेताहरूलाई गठबन्धनले जोगाएको आरोप लगाएका छन् । ललिता निवास जग्गा प्रकमरणमा निर्णय गराउने पूर्वप्रधानमन्त्रीलाई छाडेर सानालाई समातेकोप्रति आपत्ति जनाए ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले विषयान्तर गर्नको लागि धरानमा सत्ताधारी दलहरूले नै लफडा झिकेको आरोप लगाए । सत्य लुकाउन जनतालाई डाइभट गर्नको लागि धरानमा साम्प्रदायिक प्रसंग उठाएको बताए ।

गौर हत्याकाण्डको पनि १७ वर्षसम्म छानबिन नगरेको उनको भनाइ छ ।

साहले भने, ‘सरकारले भन्छ छानबिन गर्छु तर, कुर्सी हल्लिने भइसकेपछि भन्छ केही दिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । यस्तो भएपछि यो कानूनको शासन हो ? न्यायको लागि सरकार बनेको हो कि कुर्सी बचाउन ? यो काण्डमा सरकारले सत्ता जोगाउने हो भने पीडितहरू चुप लागेर बस्दैनन् हाम्रो पार्टी चुप लागेर बस्दैनन् । नेपालमा न्याय पाएनन् भने पीडितहरू हेग जान्छन् ।’


प्रतिक्रिया

One thought on “प्रभुको चेतावनी- गौर हत्याकाण्ड पीडित न्यायका लागि हेग जान्छन् (भिडिओ)

  1. तिमीहरूले मारेका १७००० का परिवार पनि सँगै हेग जान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर