गाडी छाडेर कोशी पुल छेउबाट डाक्टर बेपत्ता – Nepal Press

गाडी छाडेर कोशी पुल छेउबाट डाक्टर बेपत्ता

विराटनगर । सुनसरी र उदयपुरको सीमामा रहेको चतराघाटस्थित कोशी पुलबाट मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर बेपत्ता भएका छन् । उदयपुर खण्डमा आफूले चलाउने गाडी छाडेर डाक्टर बेपत्ता भएका हुन् ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार प्रदेश १ ०२ ००२ च ४१६६ नम्बरको कार छाडी रातिबाट कोइराला बेपत्ता भएका हुन् ।

स्थानीयबासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्रमा खोजी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर