सर्वोच्चमा स्वचालित पेशी प्रणालीको थालनी (भिडिओ) – Nepal Press

सर्वोच्चमा स्वचालित पेशी प्रणालीको थालनी (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् ।

सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै उनले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने उनको भनाइ थियो ।

उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नसक्ने दाबी गरे । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने श्रेष्ठको जिकिर छ । अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै उनले अझ सुधार हुँदै जाने बताएका छन् ।

प्रधानन्यायाधीशले भने, ‘पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्‍यौं हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ । अदालतका हरेक काम, कारबाहीहरु विशेषगरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरु फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ । त्यो सबै कुराहरु प्रविधिमा आवद्ध छन् । प्रविधिमा आवद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्णरूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौं ।’

स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको उनले बताए । यो प्रणालीलाई आगामी दिनमा काठमाडौं जिल्ला अदालत हुँदै अन्य अन्त पनि लागू गरिने उहाँले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर