भरतपुरको क्यान्सर अस्पतालको निर्देशकमा डा. शिवजी पौडेल नियुक्त – Nepal Press

भरतपुरको क्यान्सर अस्पतालको निर्देशकमा डा. शिवजी पौडेल नियुक्त

चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले साढे ३ महिनापछि निर्देशक पाएको छ । आज बिहान अस्पताल सञ्चालक समितिले निर्देशकमा डा. शिवजी पौडेललाई नियुक्त गरेका हुन् ।

अस्पतालको कार्यकारी जिम्मेवारी सम्हाल्ने पदमा साढे ३ महिनादेखि कसलाई नियुक्ति गर्ने भन्ने रस्साकस्सी पछि डा. पौडेललाई नियुक्त गरिएको हो ।

उनी नेपाली कांग्रेस निकट भए पनि भरतपुरकी मेयर रेनु दाहाल, नारायण दाहाल लगायत माओवादी नेताहरूसँग सम्बन्ध राम्रो भएकाले माओवादीकै तर्फबाट दाबेदार डा. कृष्णसागर शर्मालाई २ नम्बरमा राखेर डा. पौडेललाई निर्देशक बनाइएको हो ।

साढे ३ महिनादेखि निर्देशक नहुँदा कर्मचारीलाई तलब खुवाउने, औषधि खरिद लगायत अस्पतालको दैनिक कामकाज नै प्रभावित बनेको थियो।

अस्पताल सञ्चालक समितिका सदस्य डा।अनिलविक्रम कार्कीका अनुसार आइतबार बनेको उपसमितिले पौडेलको नाम एक नम्बरमा सिफारिस गरेको थियो।

डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमितिले निर्देशकका लागि डा. कृष्णसागर शर्मा र डा. प्रदिप न्यौपानेको नाम पनि सिफारिस गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *