नक्कली परीक्षार्थी पक्राउ, खेताला लगाउने हरिवनको चतुर्भुजेश्वरका स्ववियु सभापति फरार – Nepal Press

नक्कली परीक्षार्थी पक्राउ, खेताला लगाउने हरिवनको चतुर्भुजेश्वरका स्ववियु सभापति फरार

काठमाडौं । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट निर्वाचित स्ववियु सभापतिको नामबाट परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सर्लाहीको बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पस स्नातक तहको परीक्षा हलबाट चतुर्भुजेश्वर बहुमुखी क्याम्पस हरिवनका स्ववियु सभापति प्रेमराज दाहालको परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्ववियु सभापति दाहालको मानविकी संकाय अन्तर्गत स्नातक तहको दोस्रो वर्षको परीक्षा अन्य विद्यार्थीले दिइरहेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यद्यपि सभापति दाहाल भने फरार रहेको प्रहरीले जनाएको छ । यस पटक हरिवनस्थित चतुर्भुजेश्वर बहुमुखी क्याम्पसको स्नातक तहको परीक्षा बरहथवास्थित शुभ जनता बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर