कोशीमा आजदेखि ‘बजेट होलिडे’: हिक्मत भन्छन्- सरकारको नालायकीपन कारक – Nepal Press

कोशीमा आजदेखि ‘बजेट होलिडे’: हिक्मत भन्छन्- सरकारको नालायकीपन कारक

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नालायकीपनले बजेट शून्यतामा गएको बताएका छन् ।

आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे ।

प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्ने करसमेत लिन नमिल्ने भएको उनले बताए ।

उनले भने, ‘प्रदेशमा यस्तो अवस्था आउनु दु:खद कुरा हो । बजेटको विषयमा सरकार संवेदनशील नबन्दा प्रदेश बजेटविहीन भएको छ ।’

कोशीमा आजदेखि बजेटबिहीन हुने भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले साउन ३२ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो । उक्त बजेट प्रदेशसभाको असार १४ गते बसेको बैठकमा पेश भएको थियो । अध्यादेश पेश भएको ६० दिन (भदौ १०) भित्र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने थियो ।

तर, प्रदेशमा राजनीतिक दलहरुबीचको असहमति र पेचिलो अंकगणितका कारण बजेट शून्यतामा गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर