पर्वतमा खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रविन र राजुको जोडीलाई – Nepal Press

पर्वतमा खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रविन र राजुको जोडीलाई

पर्वत । जिल्ला खेलकुद विकास समिति पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुश्माको समन्वय एवम् पर्वत स्पोर्ट्स हाउस, कुश्माद्वारा आयोजित खुला तथा सि लेभल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मुल नाराका साथ यहि भाद्र ८ र ९ गते पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुश्मा पर्वतको कभर्डहलमा संचालित खेलमा खुला तर्फको फाइनल खेल प्रविन लिङदेप र राजु थापा(चितवन)टिम र विवेक न्यौपाने र मनोज फौदार(लाफा समुह)को टिमका बीच खेल भएको थियो ।

पहिले सेट विवेक न्यौपाने र मनोज फउदर जोडीले जितेको थियो भने त्यस पछि लगातार २ सेट आफ्नो पक्षमा पार्दै प्रविन लिङथेप र राजु थापाको जोडीले उपाधि जितेको थियो । लाफा समुहका विवेक र मनोजको जोडीले सहजरुमा २१-१५ को स्कोरलेपहिलो सेट आफ्नो पक्षमा पारेका थिए भने बाकी दुई सेट २१-१७ र २१-१८ ले आफ्नो पक्षमा पार्दै चितवनका प्रविन लिङथेप र राजु थापाको जोडीले उपाधी चुम्न सफल भएको थियो ।

प्रतियोगितामा तृतीय स्थान संयुक्तरूपमा विशाल बस्नेत(पोखरा) र प्रनिश ठकुरीएवम् राम ठकुरी(धादिङ) र प्रेम कुमार गुरूङ(पर्वत) ले हासिल गरेका थिए ।खुला तर्फको प्रथम हुने जोडीले नगद ४० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले नगद २० हजार र तृतिय हुने टोली नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

साथै प्रथम हुने जोडीलाई हार्नेश जीपलाईन कुश्माको तर्फबाट निशुल्क जीपलाईन गर्ने अवसर खेलाडीलाई प्रदान गरिने खेल संयोजक सुनिल थापा ले जानकारी दिए ।

त्यसैगरी साविक धौलागिरी स्तरीय सि लेभल पुरूष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि बागलुङ गल्कोटका राजन कार्की र सागर भण्डारीको जोडीले बागलुङ बरेङको सबिन थापा मगर र देभन मगरको जोडीलाई २(१ को सेटमा पराजित गरि उपाधि आफ्नो पक्षमा पारेका छन् भने सि लेभल को तृतिय स्थान संयुक्तरुपमा लक्ष्मण श्रेष्ठ र कृष्ण हमाल(डिमुवा पर्वत) र बेल र अभिषेक नेपाली(म्याग्दी) ले हासिल गरेका थिए ।

सि तर्फ प्रथम हुनेले नगद २० हजार, द्वितीय हुनेले नगद १० हजार र तृतिय हुनेले नगद ६ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यस ईभेन्टमा प्रथम हुने जोडीले पनि निशुल्क जीपलाईन गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रतियोगिताको उदघाटन र समापन समारोहको प्रमुख अतिथि मोदी गाउँपालिका पर्वतका उपाध्यक्ष बिमल लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगिताम खुला तर्फनेपालका २० रेङकीङ भन्दा माथिका १९ टिमको सहभागिता रहेको थियो भने सि लेभलमा ७२ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *