पहिरोले दोलखाको बिगुमा चार घरमा क्षति – Nepal Press

पहिरोले दोलखाको बिगुमा चार घरमा क्षति

दोलखा । दोलखामा पहिरोले चार घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्‍याएको हो ।

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्‍याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए ।

इलाका प्रहरी कार्यलय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *