दुई संसदीय समितिमा एमालेको उम्मेदवारी दर्ता – Nepal Press

दुई संसदीय समितिमा एमालेको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । एमालेले सार्वजनिक लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको हो ।

एमालेका सचेतक महेश बर्तौलाका अनुसार लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता पक्षसँग एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्वमा महिला पठाउने पार्टीको तयारी भएपनि अहिले नटुंगिएको नेता बर्तौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर