राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमुलक र परिणामुखी बनाउन सरकारको आह्वान – Nepal Press

राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमुलक र परिणामुखी बनाउन सरकारको आह्वान

काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमुलक रुपमा मनाउने भएको छ ।

अइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धीमुलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताए ।

उनले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमुलक रुपमा मनाउन आह्वान गरे । उनले शिक्षा दिवस उपलब्धिमुलक र परिणामुखी बनउन सरकारले काम गरिरहेको पनि बताए ।

उनले भने,‘असोज २ लाई विशेष उत्साहका साथ माउनका निम्ति प्रयत्न गर्नेछौँ भन्ने अठोट पनि यो आयोजक समारोह समितिले गर्नुपरेको छ । यहाँहरु सबैले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमुलक, भव्यताको पाटो मात्रै होइन की उपलब्धिमुलक, परिणामुखी, यसले केही न केही सन्देश नेपाली जनतालाई दिओस् । केही उपलब्धी पनि र नेपाली शिक्षालाई गहिराउने, यसलाई बिस्तारित गर्ने सन्दर्भमा भन्ने हिसावबाट यहाँहरु सबैको सहयोग हुने नै छ । हामी विभिन्न निकाय, संघसंस्था, प्रदेश सरकार, स्थानीय निकायसमेतलाई अनुरोध गरेर हाम्रो जुन उचाईको उत्साह छ, त्यो उत्साह त्यहाँ पनि कम्युनिकेट गर्नुपर्नेछ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर