नेपालसँग भिड्न लागेको पाकिस्तान एसिया कपअघि विश्व वरियताको शीर्ष स्थानमा – Nepal Press

नेपालसँग भिड्न लागेको पाकिस्तान एसिया कपअघि विश्व वरियताको शीर्ष स्थानमा

काठमाडौं । एसिया कपको पूर्वसन्ध्यामा पाकिस्तान एक दिवसीय अन्तर्राष्ट्रियको विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

अफगानिस्तानसँग भएको तीन खेलको श्रृंखला क्लीन स्वीप गरेपछि पाकिस्तान पहिलो नम्बरमा उक्लिएको हो ।

पाकिस्तानले एसिया कपको पहिलो खेलमा बुधबार नेपालसँग खेल्दैछ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो । एक दिवसीय अन्तर्राष्ट्रिय वरियताको दोस्रो स्थानमा अस्ट्रेलिया र भारत तेस्रो स्थानमा छ ।

वरियतामा नेपाल १५औं स्थानमा रहेको छ । नेपालले भारतसँग पनि खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *