पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनको मृत्यु, ५ घाइते – Nepal Press

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनको मृत्यु, ५ घाइते

कराँची । पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानकाको मनसेरामा यात्रुवाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् भने उनीहरूको उपचार भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार मानसेराका जिल्ला आपत्कालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

सो भ्यानमा १३ जना सवार रहेको उनले बताए । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर