एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई प्रधानमन्त्रीको अपिल – Nepal Press

एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई अपिल गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले हरेक समस्या र विमतिहरूलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्न सकिने स्मरण गराउँदै विभाजित मनोविज्ञानलाई प्रशय नदिन पनि अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।

एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्रै राष्ट्रिय एकता हासिल गर्न सकिने प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर