सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन – Nepal Press

सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन

काठमाडौं । केही दिनअघि निधन भएका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ ।

कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘छोराको निधनपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उहाँलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँको आज ३ः२० मा निधन भएको हो ।’

७५ वर्षिया ताम्राकार मिर्गौलाो समस्याबाट पीडित थिए ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *