सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्छ : लामिछाने (भिडिओ) – Nepal Press

सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्छ : लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्ने बताएका छन् ।

शनिवार चितवनको भरतपुर विमानस्थलमा सम्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सार्वजनिक रूपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुराउनका लागी संवेदनशील हुनुपर्ने बताएका हुन् ।

उनले एक अर्काको धर्म संस्कारलाई आँच नआउने गरी दलका नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिनुपर्ने उल्लेख गरे । उनले कुनै पनि विषयमा समाजलाई सौहार्दपूर्ण वातावरणमा अघि बढाउन वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने जिकिर गरे ।

सभापति लामिछानेले संसदीय समितिमा प्रतिपक्षी दललाई लेखा समिति मात्रै दिन प्रचलन रहेपछि सही ढंगले समितिलाई चलाउनका लागि रास्वपाको भूमिकालाई स्थापित गर्न केहि समितिको सभापतिमा उम्मेदवारी दिने बताए । उनले चितवनमा सुरु गरेका केहि कार्यक्रमहरूलाई सुधारका साथ अघि बढाउने प्रतिबद्धता जनाए ।

सभापति लामिछाने पार्टीले आयोजना गरेको जनतासँग सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर