झलनाथको दाबी- अर्बौँ रुपैयाँ खर्चेर मान्छेलाई किनेर क्रिश्चियन बनाइँदैछ, यो संविधानविपरीत हो (भिडिओ) – Nepal Press

झलनाथको दाबी- अर्बौँ रुपैयाँ खर्चेर मान्छेलाई किनेर क्रिश्चियन बनाइँदैछ, यो संविधानविपरीत हो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्बौँ रुपैयाँ खर्च गरेर नेपालमा मान्छेलाई धर्म परिवर्तन गराउने खेती भइरहेको दाबी गरेका छन् ।

नेकपा एसको पार्टी स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा केन्द्रीय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले पैसाले किनेर मान्छेको धर्म परिवर्तन गराइएको बताए ।

खनालले भने– अहिले हेर्नुस् धरानमा निषेधाज्ञा छ, बिर्तामोडभन्दा यता दशौं हजार को जुलुस आएको छ । यहाँ साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेका छन् । कहीँ गाई काटियो रे, कहीँ सुँगुर काटियो रे, कहीँ बाख्रा काटियो रे । यो किन हुन्छ भनेर मान्छे सडकमा आए । सरकार यसलाई किन नियन्त्रण गर्न सक्दैन रु पैसा बाँडेर,अर्बौँ रुपैयाँ बाँडेर यहाँ क्रिश्चियन बनाइँदैछ रे । मान्छेको इच्छा होला यो धर्म लिन्छु भन्ने तर यहाँ किनेर धर्म परिवर्तन गराइँदैछ ।

खनालले नेपालमा धर्म निरपेक्षताको बारेमा बहस आवश्यक रहेको भन्दै संविधानविपरीत धर्म परिवर्तनको काम बन्द हुनुपर्ने बताए ।


प्रतिक्रिया

4 thoughts on “झलनाथको दाबी- अर्बौँ रुपैयाँ खर्चेर मान्छेलाई किनेर क्रिश्चियन बनाइँदैछ, यो संविधानविपरीत हो (भिडिओ)

  1. यो पनि नेकपा एमालेका अध्यक्ष एवं राजनेता केपि शर्मा ओलीको चतुर्याई हुन सक्छ कमरेड, समयमै सचेत रहाै । यतिबेला सरकार के हेरेर बसेका छन् ?

  2. यदि यो सत्य हो र मानिसलाई किनेर धर्म परिवर्तन गराइएको छ भने, खनाल सर तपाईंले पनि पैसाले मानिस किनेर, जुन धर्ममा परिवर्तन गराउन मन पर्छ त्यसमा परिवर्तन गराइदिनुस् कुरै साफ हामी पो को भन्दा को कम ।

  3. Past PM hajur jasto byaktile yasari aru ko astha prati khuleaam badnam, badniyat, abhibyakti dinu ghor aapatti chha

  4. यो भ्रष्टचारी नीतालाई पनि जनताले न्याय गर्नेछन् सर्प पाल देशको आर्थिक हिना मिना गरेका थियोउ? मलाई आफ्नै देशमा बसेर काम गर्ने इिच्छा थियो। तिमी भन्छु धर्म परिवर्तन गर्दा करोडौं आउँछ भनेर kirpa गरि मलाई भनिदिनु होस् पैसा लिएर धर्म परिवर्तन गन कहाँ पाइन्छ र कसले त्यत्रो अरबौ रुपियाँ दिदो रहेछ मलाई त एक करोड मात्र भए पुग्छ । मलाई चिनाई देउन? को हो त्यो म विदेशमा दुःख गरिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर