झलनाथको प्रश्न- गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गर्दा नेकपा एसको दृष्टिकोण के हो ? (भिडिओ) – Nepal Press

झलनाथको प्रश्न- गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गर्दा नेकपा एसको दृष्टिकोण के हो ? (भिडिओ)

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संविधान रक्षाको लागि भनेर बनेको गठबन्धनले पटक पटक संविधान उल्लंघन गरेको भन्दै पार्टीले यसमा साथ दिन नहुने बताएका छन् ।

नेकपा एसको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा खनालले गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्न नहुने बताए ।

खनालले भने- हामीले संविधान रक्षाको लागि गठबन्धन बनाएको भनेका छौँ । तर यही गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले भन्यो । कोशीमा यही गठबन्धनले दुई दुई पटक संविधान उल्लंघन गरेको छ । यसमा हाम्रो पार्टीको धारणा के हो ? गठबन्धनमा नाममा उनीहरूले गरेका सबै काम हामीले मान्ने हो कि स्वतन्त्र अस्तित्व देखाउने ?

खनालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न अझै प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको बताए । पार्टीभित्र गलत चिन्तनहरू पार्टीभित्र हुर्किरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर