निषेधाज्ञा कार्यान्वयन गर्न धरानमा व्यापक प्रहरी परिचालन (तस्बिरहरु) – Nepal Press

निषेधाज्ञा कार्यान्वयन गर्न धरानमा व्यापक प्रहरी परिचालन (तस्बिरहरु)

काठमाडौं । सुनसरीको धरानमा जारी निषेधाज्ञा कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मध्यरातिदेखि धरानमा लगाइएको निधेषाज्ञा कडाई गर्न ठूलो मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो ।

धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले निकालेको शान्ति र्यालीलाई रोक्न बाक्लो प्रहरी परिचालन गरिएको छ ।

इटहरीबाट धरान जाने सर्वसाधरण तथा आन्दोलनकारीहरुलाई रोक लगाएको छ । स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्‍याली निकालेरका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा रोकिएका छन् ।

जिल्ला प्रशासनले धरानको पानीपियादेखि निषेधाज्ञा जारी गरिएकाले याली धरानबाहिर रोकिएको हो । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *