धरानको निषेधित क्षेत्रबाहिर शान्तिपूर्ण र्‍याली (तस्बिरहरू) – Nepal Press

धरानको निषेधित क्षेत्रबाहिर शान्तिपूर्ण र्‍याली (तस्बिरहरू)

धरान । स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्‍याली निकालिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजाराै‌ं सर्वसाधारण सहभागी छन् ।

इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म जानेछ । त्यहाँबाट भने निषेधाज्ञा लगाइएको छ ।

आन्दोलनकारीहरुले निषेधाज्ञा लगाइएको ठाउँमा पुगेर धर्ना दिने कार्यक्रम रहेको छ ।

धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्याली निकालेका हुन् ।

मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । र्‍यालीमा धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यकाे माग गर्दै नारावाजी भइरहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर