राजदूत रिजाल र इजरायलका पीआइबीएका उच्च अधिकारीहरुबीच भेटघाट – Nepal Press

राजदूत रिजाल र इजरायलका पीआइबीएका उच्च अधिकारीहरुबीच भेटघाट

इजरायल। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पीआइबीए)का उच्च अधिकारीहरुबीच भेटघाट भएको छ ।

राजदूत रिजाल, इजराय सरकारका विदेशी कामदार सेवा प्रशासन निर्देशक अधिवक्ता इन्बल मशाश , राजदूतावासका वरिष्ठ सल्लाहकार तथा इजरायल–नेपाल मैत्री संघका अध्यक्ष नादव विन यहुदा सहितको टोलीको भेटमा पछिल्लो समय सरकारी सम्झौतामार्फत् इजरायल आएका नेपाली सहायक कामदार को भिसा नवीकरणमा देखिएको समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो ।

सरकारी सम्झौतामार्फत् इजरायल आएका नेपाली सहायक कामदार मध्ये हालसम्म सातसय भन्दा बढीको भिसा नवीकरण भइसकेको र भिसा नविकरण हुन बाँकी रहेका करिव तीनसय कामदारहरुको बिषयमा नेपाल दूतावासका तर्फबाट ध्यानाकर्षण गराएको इजरायल स्थित नेपाली दूतावासका प्रथम सचिब अर्जुन घिमिरेले जानकारी दिए ।

उनका अनुसार अधिकारीहरुले उक्त विषयलाई आफूहरुले गम्भीरता पुर्वक लिएको बताउँदै तत्काल समस्या समाधानका लागि पहल गरिने बताए ।भेटमा अधिकारीहरुले भिसा नवीकरण हुन बाँकी कामदारहरुलाई इजरायलमा कुनै समस्या नहुने प्रतिवद्वता समेत जनाएको उनले जानकारी दिए ।

उक्त बैठकमा कृषि क्षेत्रमा नेपाली कामदार ल्याउने विषयमा समेत कुराकानी भएको घिमिरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *