नाग्दी खोलामा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध – Nepal Press

नाग्दी खोलामा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना- ४ नाग्दीखोलामा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ पौने सात बजेको समयमा पहिरो खसेको हो ।

अहिले दुबैतर्फ बाटो अवरुद्ध भएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

बाटो खुलाउन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली गई सडक विभागसँग समन्वय गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *