मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरौं भनेको पानी आएर बाढीबाढी भएछ : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरौं भनेको पानी आएर बाढीबाढी भएछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको बताएका छन् । शुक्रबार पर्साको विरगञ्जमा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभाको सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने प्रस्ताव क्याविनेटमा लगेको बताएका हुन् ।

‘अस्तिको क्याबिनेट बैठकमा एउटा प्रस्ताव बनाएर मुख्यसचिवलाई भनिसकेको थिएँ । आजको क्याबिनेटको बैठकबाट मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर मधेशको निम्ति राहत प्याकेज घोषणा गर्ने भनेको थिएँ । अब यो खुसीको कुरा भनौं की दुःखको कुरा त्यहिँ दिन पानी आएर बाढीबाढी भएछ मधेश,’ उनले भने, ‘अनि त्यसबाट मैले अब यो भन्दा बढी परेन । जरुरी पर्यो भने अर्काे अर्काे बैठकमा गरौंला भनेर रोकिएको छ ।’

समाजवादी मोर्चा दह्रो बनाएर जादा नेपालमा यसको विकल्प अरु हुन नसक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । ‘हामी सबै मिलेर जादा, यो समाजवादी मोर्चा दह्रो बनाएर जादा नेपालमा यसको विकल्प अरु सक्दैन । यहिनै सक्कली नेपालको नेतृत्व गर्ने तागत हुन सक्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *