प्रचण्डको कटाक्ष- मैले हात हल्लाउँदा उपेन्द्रजीलाई फाइदा भो (भिडिओ) – Nepal Press

प्रचण्डको कटाक्ष- मैले हात हल्लाउँदा उपेन्द्रजीलाई फाइदा भो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा उपेन्द्र यादवले जिताउन पूरै गठबन्धन लिएर बारा पुगेको दाबी गरेका छन् । शुक्रबार पर्साको विरगञ्जमा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभाको सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले हात हल्लाउँदा (हात हल्लाउँदै) सबैलाई फाइदा पुगेको बताएका हुन् ।

‘उपेन्द्रजीले अघि प्रचण्डजी पनि भनेर हात हल्लाउनु भयो । मैले कहिलेकाही भन्ने गर्छु, पहिला नेकपा हुँदा पनि भन्ने गरेको थिएँ, मैले यसो (हात हल्लाउँदै) गरेको हुनाले त सबैलाई फाइदा भएको छ’, उनले भने ।

हात हल्लाउँदै प्रचण्डले यसो यसो नगरेको भए आफूले पाएको उपराष्ट्रपति उपेन्द्रलाई नदिने जिकीर गरे । ‘मैले यसो यसो (हात हल्लाउँदै) नगरेको भए आफूले पाएको उपराष्ट्रपति उपेन्द्रजीलाई दिने थिइँन । यसो यसो (हात हल्लाउँदै) गरेको हुनाले गएको हो । मैले यसो यसो नगरेको भए उपेन्द्रलाई जिताउन पूरै गठबन्धन लिएर बारा आउने थिईन म । त्यसै भएर त तपाईँले जित्नु भयो’, उनले भने, ‘यसो यसो (हात हल्लाउँदै) गरिराख्नुस् भन्नुस् बरु प्रचण्डलाई । तपाईलाई फाइदा हुन्छ । सबैलाई फाइदा हुन्छ ।’

मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको बताएका छन् । मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने प्रस्ताव क्याविनेटमा लगेको बताएका हुन् ।

‘अस्तिको क्याबिनेट बैठकमा एउटा प्रस्ताव बनाएर मुख्यसचिवलाई भनिसकेको थिएँ । आजको क्याबिनेटको बैठकबाट मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर मधेशको निम्ति राहत प्याकेज घोषणा गर्ने भनेको थिएँ । अब यो खुसीको कुरा भनौं की दुःखको कुरा त्यहिँ दिन पानी आएर बाढीबाढी भएछ मधेश,’ उनले भने, ‘अनि त्यसबाट मैले अब यो भन्दा बढी परेन । जरुरी पर्यो भने अर्काे अर्काे बैठकमा गरौंला भनेर रोकिएको छ ।’

समाजवादी मोर्चा दह्रो बनाएर जादा नेपालमा यसको विकल्प अरु हुन नसक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । ‘हामी सबै मिलेर जादा, यो समाजवादी मोर्चा दह्रो बनाएर जादा नेपालमा यसको विकल्प अरु सक्दैन । यहिनै सक्कली नेपालको नेतृत्व गर्ने तागत हुन सक्छ,’ उनले भने ।


प्रतिक्रिया

One thought on “प्रचण्डको कटाक्ष- मैले हात हल्लाउँदा उपेन्द्रजीलाई फाइदा भो (भिडिओ)

  1. तिमीले सबै हल्लाएको प्रधानमन्त्रीमा टिकेर परिवार समेत लगाएर देश लुटन हो । अरू केही छैन । हल्लाउन त अहिले पनि हल्लाएकै छौ । सिके राउतलाई हल्लाएर मन्त्रालय दियौ पद जोगाउन । राजेन्द्र पाण्डेलाई हल्लाउन हृेलिकप्टर चढेर धादिङ गयौ । अझ ठूलो हल्लाउन दिल्ली गएर मोदीको चाकडी गरेर हल्लायौ । तिमीले हल्लाउछौ त्यत्ति हो नाप्ने केही होईन । अस्थिरताको नाईके, चरम पदलोलुप । अहिले त सुन तस्करीमा पनि हो कि जस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर