खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक तीन दिनदेखि अवरुद्ध – Nepal Press

खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक तीन दिनदेखि अवरुद्ध

डोटी । डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक तीन दिनदेखि अवरुद्ध बनेको छ ।

लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण सडक अपरुद्ध भएको पूर्वीचौकी गाउँपालिका–२ का कृष्ण ओलीले जानकारी दिए । बाटेओखर भन्ने ठाउँमा सडकमाथिबाट ठूलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको ओलीको भनाइ छ । सडक अवरुद्ध भएपछि एम्बुलेन्स समेत चल्न नसक्दा बिरामीहरुलाई बोकेर ल्याउनु पर्ने अवस्था रहेको उनले वताए ।

ठाउँ–ठाउँमा भएका सानातिना अवरोधहरु नेपाली सेनाले हटाएपनि उक्त पहिरो हटाउन मेसिन ल्याउनु पर्ने भएकाले अवरोध खोल्न नसकेको झिग्रनामा होमस्टे सञ्चालन गरिरहेका दिपक खड्का बताउँछन् । सडक अवरोध छिटो खुलाउन पहल गर्नु पर्ने दिपायल सिलगढी नगरपालिका—६ का विष्णुराज जोशी वताउँछन् ।

सडक खुलाउनका लागि पहल भईरहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले वताए । उनले भने ‘केही दिनअघि मात्रै सडकमा आएको पहिरो सफा गरिएको थियो, लगातार वर्षा हुँदा फेरी अर्को ठाउँमा पहिरो आएको रहेछ, त्यसलाई भोली क्लियर गर्ने गरि पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष ज्यूसंग कुरा भएको छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर