विष्णुपुर गाउँपालिका अध्यक्ष यादव अख्तियारको फन्दामा – Nepal Press

विष्णुपुर गाउँपालिका अध्यक्ष यादव अख्तियारको फन्दामा

जनकपुरधाम । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई अख्तियारले बुधबार नै नियन्त्रणमा लिएको छ । उनलाई ईटहरी लगिएको थियो । तर बिरामी परेपछि अध्यक्ष यादवलाई काठमाडौं लगिएको छ ।

गत साउन ३१ गते गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैया नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार उनीहरुले पालिका अध्यक्ष यादवको सल्लाहमै घुस लिएको बयान दिएका छन् । सोही बयानको आधारमा पालिका अध्यक्ष यादवलाई अख्तियारले नियन्त्रणमा लिएको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर