काठमाडौंमा हाजिर भए एसएसपी खत्री – Nepal Press

काठमाडौंमा हाजिर भए एसएसपी खत्री

काठमाडौं । नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यवसायिक प्रहरी अधिकृतका रुपमा परिचित छन् ।

२०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *