बागमती खोलामा महिलाको शव फेला – Nepal Press

बागमती खोलामा महिलाको शव फेला

हेटौँडा । मकवानपुर भीमफेदी गाउँपालिका–८, माण्डु हाईड्रो नजिकै बागमती खोलामा एकजना महिलाको शव फेला परेको छ ।

करिब ४० वर्ष उमेर समूहको महिलाको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए ।

शवको हालसम्म सनाखत भएको छैन । पछिल्लो तिनसाता भित्र माण्डु हाइड्रो परिसरमा ३ जना मृत फेला परिसकेका छन् । दुई साता अघि मात्र ३५ वर्षीय पुरुष र १७ वर्षीया एक किशोरीको शव फेला परेको थियो तर उनीहरुको हालसम्म पहिचान भने भैसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर