निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको नेतृत्वमा दीपेन्द्र थापा निर्विरोध – Nepal Press

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको नेतृत्वमा दीपेन्द्र थापा निर्विरोध

सिन्धुपाल्चोक । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सातौं जिल्ला अधिवेशनबाट दीपेन्द्र थापा अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-२ का पूर्ववडाध्यक्ष समेत रहेका थापा निर्माण व्यवसायीको जिल्ला नेतृत्वमा आएका हुन् । बिहीबार अबेर सम्पन्न अधिवेशनबाट पदाधिकारी निर्विरोध भए पनि सदस्यहरू चुनावबाट चयन भए ।

संघको प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष धनश्याम नेपाल, महासचिव जयचन्द्र लामा, सचिव डबले लामा, कोषाध्यष बालसुन्दर कटुवाल र सह-कोषाध्यक्षमा राजेन्द्रविक्रम थापा निर्विरोध भए ।

कार्यसमितिको ६ जना सदस्यका १८ जनाले उम्मेदवारी दिएका थिए । भेषनाथ सापकोटा १ सय ५४ मत ल्याउँदै सदस्यमा निर्वाचित भए । यस्तै बुद्धकुमार घले १ सय ३९ मत, रवीन्द्र सिलवाल १ सय २५, विनोद लामा घिसिङ १ सय २१, टंकप्रसाद दुलाल १ सय ७ र सरोज केशी १ सय २ मत प्राप्त गरी सदस्यमा बाजी मारे ।

४ सय ४४ मतदाता रहेकोमा ३ सय ३० मत खसेको थियो ।

निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको अवसरमा संघको सदस्य रही स्थानीय निर्वाचनमा विजयी हुनेहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *