पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता – Nepal Press

पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता

चितवन । पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता भएको छ । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।

आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो । भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।

पूर्णिमायाले रमाइलोको लागि आफूले टिकटकमा राखेको भिडिओलाई स्क्रिन सट गरेर उपाध्यायले बेइज्जती गरेको र आफूमाथि गाली आइरहेको बताइन् । त्यसबाट आफू र परिवारलाई नै मानसिक यातना भएको उनले बताइन् । उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।

उनको तस्बिरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ । गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो । उनीहरूले राँगाको मासु खाएका थिए । गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ ।

घटनाबारे चितवन प्रहरीमा उजुरी दर्ता भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले अनुसन्धान गरेर कानूनी प्रकृयामा जाने जानकारी दिए ।


प्रतिक्रिया

2 thoughts on “पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता

  1. यो असामाजिक चरित्रको अनी मानसिक सन्तुलन गुमाएको ब्यक्ती हो।
    अरुको चरित्र हत्या गर्न पाउदा यो निकै खुशी हुने दानबिय चरित्रको हुनुका साथै
    म भन्दा जान्ने अरु हुनै सक्दैनन भन्ने सोच राख्ने मान्छे हो। यसलाई काराबासको सजाय
    हुनु पर्ने हो, के हुन्छ हेरौ।

  2. यस्तो अराजक पनि सचिव रे ! हाम्रो नेपालको दशा ! यो त मानसिक रोगी हो जस्तो लाग्छ । यसलाई जेल कोचिदिए हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *