पोखरामा साढे ४ लाखसहित जुवा खेल्दै गरेका ७ जना पक्राउ – Nepal Press

पोखरामा साढे ४ लाखसहित जुवा खेल्दै गरेका ७ जना पक्राउ

पोखरा । पोखरामा करिब साढे ४ लाखसहित जुवा खेल्दै गरेका ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जना पुरुषलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

उनीहरुबाट ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरिएका वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

मुस्ताङ घोरपझोङका ५७ वर्षीयका ईन्द्रबहादुर हिराचन, सोही ठाउँका मोहन थकाली, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचनलाई पक्राउ गरिएको हो ।

उनीहरु नियन्त्रणमा लिएको र शुक्रबार म्याद थप गरी थप अनुसन्धान गरिने डीएसपी जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *