नेकपा एसले १४ देखि १८ माघसम्म महाधिवेशन गर्ने, यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णय (पूर्णपाठ) – Nepal Press

नेकपा एसले १४ देखि १८ माघसम्म महाधिवेशन गर्ने, यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णय (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो १४ देखि १८ माघसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने भएको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय लिएको हो ।

आगामी असोजमा एक महिना पार्टीका मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान आयोजना गर्नेसमेत बैठकले निर्णय गरेको छ । यसको विस्तृत योजना तयार गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वार्डहरुमा कमिटी गठन गर्ने र सबै कमिटीले सदस्यता वितरण गरिसक्ने लक्ष्य पार्टीले लिएको छ । सबै जनसंगठनले महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्न निर्देशन दिइएको छ ।

महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा आवद्ध कमरेडहरुको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिइएको छ ।

पार्टीले देशभर संगठन विस्तार गरी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने तथा बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउने गरी पार्टीको संगठन निर्माण गर्ने लक्ष्यसमेत लिएको छ ।

‘आगामी दिनमा हाम्रा सबै राजनीतिक र सांगठनिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुनेछन्’, निर्णयमा भनिएको छ ।

तीन दिन चलेको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन तथा सम्मानित नेता झलनाथ खनालले त्यसमा फरक मत प्रस्तत गरेका थिए । खनालले प्रस्तुत गरेका धारणाहरु पार्टीले आत्मसात गर्ने बैठकमा नेपालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर