इन्जिनियरिङको शुल्क वृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो थापाथली क्यापसमा जुलुस – Nepal Press

इन्जिनियरिङको शुल्क वृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो थापाथली क्यापसमा जुलुस

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क विरुद्ध जुलुस निकालेको छ ।अनेरास्ववियुको केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेलको नेतृत्वमा थापाथली इन्जिनियरिङ क्याम्पस बाट जुलुस निकालेको हो ।

थापाथलीबाट निस्किएको जुलुस डिन कार्यालय पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । अनेरास्ववियुले शुल्क वृद्धि फिर्ता सङ्गै ७ प्रदेशमा अनिवार्य त्रिबिका आङ्गिक कलेज स्थापना माग रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था ९आईओई० ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्‍याएको छ ।

सोमबार बसेको कार्यान्वयन समितिको बैठकले गत साउन २५ गतेको शुल्क वृद्धिको निर्णय अनुमोदन गरेको हो । यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रूपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको छ ।

त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।

७ वटै प्रदेशमा अनिवार्य रुपमा त्रिभुवन विद्यालय अन्तर्गत इन्जिनियरिङ संस्थानको आङ्गिक कलेज खोल्न अनेरास्ववियुले माग गरेको छ । हाल देशका ३ प्रदेश कोशी गण्डकी र बागमती मा ५ वटा मात्रै आङ्गिक कलेज रहेको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर