लीलामणिको बयान- म मुख्यसचिव हुनुअघि नै प्रस्ताव दर्ता भइसकेको थियो (पूर्णपाठ) – Nepal Press

लीलामणिको बयान- म मुख्यसचिव हुनुअघि नै प्रस्ताव दर्ता भइसकेको थियो (पूर्णपाठ)

सचिव र विभागीय मन्त्रीले जिम्मा लिनुपर्छ

काठमाडौं । ललिता निवास प्रकरणमा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले आफू मुख्यसचिव हुनुअगावै मन्त्रिपरिषद्‍मा प्रस्ताव दर्ता भएकाले आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

प्रहरीसँगको घटना विवरण कागजमा पौडेलले आफू २०६९ साउन १६ गते कामु मुख्यसचिव र २०६९ साउन २२ गते मुख्य सचिवको जिम्मेवारीमा रहन थालेकाले त्यसअघि नै सरकारी जग्गा व्यक्तीको नाममा ल्याइएको निर्णय सम्बन्धी प्रस्ताव आफू उक्त जिम्मेवारीमा आउनु अगावै मन्त्रिपरिषद्मा दर्ता भएको बताएका छन् ।

‘यससम्बन्धी मन्त्रिपरिषद्‍बाहे सम्पूर्ण निर्णयहरू म मुख्यसचिव हुनुभन्दा पहिलै ‍भइसकेका छन् । मन्त्रिपरिषदमा प्रस्ताव पनि पेश भइसकेको छ । मैले यो विषयमा गरेको भनेको मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण मात्र हो र मन्त्रिपरिषदले गरेको निर्णय मैले प्रमाणिकरण गर्नै पर्छ त्यो मेरो अपराध होईन अनिबार्य कानूनी दायित्व हो’, पौडेलले भनेका छन् ।

यस्तो छ पौडेलको पूर्णपाठ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *