कांग्रेसको जिकिर- सांसद विकास कोषमा अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत (भिडिओ) – Nepal Press

कांग्रेसको जिकिर- सांसद विकास कोषमा अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको दाबी गरेका छ्न् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको विनियोजन विधेयकमा रहेको सांसद विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नू भनेर दिएको आदेश आधारभूतरूपले लोकतन्त्रको शक्तिपृथकीकरणको सिद्धान्तविपरीत रहेको जिकिर गरेका हुन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्रलाई कमजोर पार्ने काम हुने ठोकुवा गरे । लेखकले आफूसँग भएको स्रोतको विनियोजन गर्ने कानून बनाउने काम संसदको काम भएकाले यस्ता हस्तक्षेपले संसदीय व्यवस्थालाई कमजोर बनाउने उनको भनाइ छ ।

लेखकले न्यायिक क्रियाशीलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर