फोहोरबाट मोहर खोज्न सांसद घिमिरेको आग्रह – Nepal Press

फोहोरबाट मोहर खोज्न सांसद घिमिरेको आग्रह

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले फोहोरमैला व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापनमा स्थानीय सरकारलाई यथोचित सहयोग र नीतिगत निर्णय गर्ने कार्यमा तदारुगता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको संसद बैठकमा बोल्दै सांसद घिमिरेले कतिपय पालिकाहरुले फोहोरमैला संकलनमा प्रभावकारी काम गरे पनि त्यसको व्यवस्थापन कार्यमा सधैं उल्झन खेपिरहनु परेको उल्लेख गरे ।

‘फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ नपाउँदा धेरैजसो पालिकाहरुलाई यो सधैंको टाउको दुखाइको विषय बनिरहेको छ । फोहोरमैला व्यवस्थापनलाई स्थानीय सरकारको जिम्मेवारी मात्र ठानेर यो विषयमा संघीय र प्रदेश सरकार मुखदर्शक भएर बस्न मिल्दैन’, उनले भने ।

स्थानीय सरकारले संघ तथा प्रदेशसँगको सहकार्यमा वन, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी कार्य गर्ने कानूनी व्यवस्था छ ।

नेपालको संविधानले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको बताउँदै सांसद घिमिरेले फोहोरमैला व्यवस्थापन; स्वच्छ र स्वस्थ वातावरण निर्माणको अनिवार्य शर्त रहेको समेत उल्लेख गरे । उनले फोहोरबाट मोहर निकाल्न सकिने संभावना खोज्न आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर