एमाले डोटी जिल्ला अधिवेशन मंसिरमा – Nepal Press

एमाले डोटी जिल्ला अधिवेशन मंसिरमा

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ डोटी जिल्ला अधिवेशन मंसिरमा हुने भएको छ । एमाले डोटीको जिल्ला सचिवालय बैठकले आगामी मंसिर २३ र २४ अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेले २०८० लाई ‘अधिवेशनको वर्ष’का रूपमा मनाउने निर्णय गरे अनुसार जिल्ला अधिवेशनको मिति तोकिएको पार्टी जिल्ला चक्र मल्लले जानकारी दिए ।

उनले भने ‘अवधिको हिसाबले त वर्तमान जिल्ला कमिटीको कार्यकाल अझै एक वर्ष छ, तर पार्टीको केन्द्रीय कमिटी बैठकले यो वर्षलाई अधिवेशनको रूपमा मनाउने निर्णय गरे अनुसार हामी पनि जिल्ला अधिवेशन गर्दैछौं ।’

वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठकबाट २०८० लाई ‘अधिवेशनको वर्ष’का रूपमा निर्णय भएको हो ।

भाद्र महिनामा पालिका स्तरमा बैठक, भेला, प्रशिक्षण सञ्चालन गर्ने र सोही कार्यक्रमहरूबाट पालिकागत कार्य योजना निर्माण गरी पार्टी गतिविधि सञ्चालन हुने अध्यक्ष मल्ल बताउँछन् । पहिलो चरणको कार्यक्रम शुक्रवारदेखि सुरु हुनेछ ।

एमाले डोटीका सचिव शेरबहादुर मल्लका अनुसार पहिलो चरणको कार्यक्रम शुक्रवार शिखर नगरपालिकाबाट सुरु हुनेछ ।

यस्तै, भाद्र ९ गते पूर्वीचौकी गाउँपालिका, १० गते दिपायल सिलगढी नगरपालिका, ११ गते केआई सिंह गाउँपालिका, १२ गते आदर्श गाउँपालिका, १३ गते सायल गाउँपालिका, १६ गते जोरायल गाउँपालिका, १७ गते बडिकेदार गाउँपालिका र १८ गते बोगटान फुड्सिल गाउँपालिकामा बैठक, भेला तथा प्रशिक्षण कार्यक्रम तय गरिएको सचिव मल्लले जानकारी दिए ।

बैठकले माघ मसान्तभित्र ९ वटै पालिका कमिटी अधिवेशन, फागुनभित्र जिल्लाका ६५ वटै वडाका अधिवेशन र जिल्लाभरका टोल कमिटीको अधिवेशन चैत्र मसान्तभित्र गरिसक्ने एमाले जिल्ला सचिवालय बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर