तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य – Nepal Press

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौँ सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई १ हजार ४६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर