एक महिनामा दुई करोडको चुइगम पड्काए नेपालीले ! – Nepal Press

एक महिनामा दुई करोडको चुइगम पड्काए नेपालीले !

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा २ करोड १४ लाखभन्दा बढीको चुइगम आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै २ करोड १४ लाख १८ हजार रुपैयाँको चुइगम भित्रिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा ५१ करोड १७ लाख ६७ हजार रुपैयाँको चुइगम भित्रिएको थियो । जसबापत नेपालबाट एक वर्षमा चुइगम खरिद बापत ५१ करोड बढी रुपैयाँ बाहिर गएको थियो ।

नेपालमा सबैभन्दा बढी भारतबाट २ करोड ७ लाख ८८ हजार रुपैयाँ बराबरको चुइगम आयत भएको छ ।

त्यस्तै, युकेबाट ४८ हजार, अमेरिकाबाट एक हजार र अन्य विभिन्न देशहरूबाट ७ लाख २५ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै नेपालको वैदेशिक व्यापार घाटा भएको थियो ।

न त छाक टर्ने, न त पेट भरिने । अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा नेपालबाट विदेश जाने गरेको छ । चुइगम जस्ता वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ ।

अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ ।

मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता वस्तुको आयातमा करोडौँ रकम बाहिरिइरहेको तथ्याङ्क समय समयमा सार्वजनिक हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर