यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन आज डलरको खरिद दर १३२ रुपैयाँ ०० पैसा र बिक्री दर १३२ रुपैयाँ ६० पैसा तथा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसामा खरिदबिक्री हुनेछ ।

बेलायती पाउन्ड एकको खरिद दर १६३ रुपैयाँ ८७ पैसा र बिक्री दर १६४ रुपैयाँ ६३ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसामा कारोबार हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर  ९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ र बिक्री दर ३५.३५ रुपैयाँमा र मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ तथा बिक्री दर २८.४८ रुपैयाँ छ । यस्तै कुवेती दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर