विद्यार्थी कुट्ने शिक्षकले माफी मागेपछि कारबाहीबाट बचे, विद्यालयबाट निष्कासित – Nepal Press

विद्यार्थी कुट्ने शिक्षकले माफी मागेपछि कारबाहीबाट बचे, विद्यालयबाट निष्कासित

जनकपुरधाम । जनकपुरधामस्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयमा विद्यार्थी कुट्ने शिक्षकले क्षमा मागेपछि कारबाहीबाट बचेका छन् ।

मंगलवार विद्यालयका नृत्य सिकाउने शिक्षक विशाल पासवानले कक्षा ३ मा अध्ययनरत आदिम मण्डललाई कुटपिट गरेका थिए । गालामा थप्पड हानेपछि बालक आदिमको गालामा रातो नीलडाम परेको थियो ।

कुटिएपछि बालक घर पुग्दा तत्कालै आफन्त विद्यालय पुगेर होहल्ला गरेको थियो । उक्त घटना बाहिरिएपछि शिक्षकको अमानवीय हर्कत विरुद्ध धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

निर्ममता पूर्वक कुटपिट गरेका शिक्षकलाई कारबाही गर्नुपर्ने भन्दै विद्यार्थीका अभिभावक जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए ।

बुधवार प्रहरी कार्यालयमा विद्यालय प्रशासन र अभिभावकबीच छलफल भएको छ । छलफलमा शिक्षक पासवानले माफी मागेको र विद्यालयले आन्तरिक कारबाही गर्ने प्रतिबद्धतापछि मिलापत्र भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ‌।

विद्यालयका प्रबन्धक निर्देशन डा. सोनु कुमार साहले बालकलाई कुटेका शिक्षक पासवानलाई निलम्बन गरेको जानकारी दिए । उनले भने, ‘विद्यार्थी कुटेर शिक्षकले ठूलो गल्ती गरेँ । त्यसैले स्थायी रूपमा विद्यालयबाट हटाएका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर