गण्डकी प्रदेश क्रिकेट संघको अध्यक्षमा सिग्देल चयन – Nepal Press

गण्डकी प्रदेश क्रिकेट संघको अध्यक्षमा सिग्देल चयन

पोखरा । गण्डकी प्रदेश क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् ।

पोखरामा बुधबार भएको दोश्रो अधिवेशनले सिग्देललाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो । निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत हुन् ।

सो अधिवेशनले १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रकाश पौडेल (नवलपुर) उपाध्यक्ष, सुमनराज कार्की (तनहुँ) सचिव र दिवाकार थापा (स्याङजा) कोषाध्यक्ष चयन भएका हुन् ।

देवेन्द्र प्रजु (कास्की), ऋषीराम गौतम (कास्की), फणिन्द्र बहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशम बहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङजा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बाग्लुङ) कार्यसमिति सदस्य चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर