कांग्रेस सांसद पौडेलको आरोप- सरकार भ्रष्टाचारका काण्डमा आफ्ना व्यक्तिलाई जोगाउने ढंगले लाग्यो (भिडिओ) – Nepal Press

कांग्रेस सांसद पौडेलको आरोप- सरकार भ्रष्टाचारका काण्डमा आफ्ना व्यक्तिलाई जोगाउने ढंगले लाग्यो (भिडिओ)

सबै भ्रष्टाचार काण्डको छानबिन गर्न आयोग गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेसम्म भएका भ्रष्टाचारका सबै काण्ड छानबिन गर्ने आयोग गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नै सरकारको भूमिकामाथि प्रश्न गरे ।

उनले भने, ‘अहिले गठन हुने भनिएको आयोग सुन प्रकरणसँग मात्रै जोडिएको छ । नेपालमा भ्रष्टाचारसँग जोडिएका घटना यतिमात्रै होइन । छानबिन गर्नुपर्ने विषय यतिमात्रै हो ? हामी भ्रष्टाचारको विषयमा निर्मम छौं । भ्रष्टाचारको फाइल खोलिएको छ, त्यसलाई बीचमा गएर रोक्दैनौं । टुंगोमा पु¥याउनुपर्छ । सबै घटनाको छानबिन गर्छौं भनेर सरकारले भन्यो । तर, भने जस्तो गरिरहेको छैन । भ्रष्टाचारको घटना पनि आफूलाई मन लागेको रोज्ने, त्यो घटनामा परेको जजसलाई दण्डित गर्नुपर्ने हो, त्यसलाई गर्ने र जोगाउनुपर्नेलाई जोगाउने ढंगबाट अगाडि बढेको छ ।’

भ्रष्टाचारको काण्ड छनोट गरेर छानबिन गर्न नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर