प्रधानमन्त्रीलाई गोकुलको प्रश्न- कुन शक्ति केन्द्रले कुन रिमोटबाट देश चलाएको छ, जवाफ चाहियो ? – Nepal Press

प्रधानमन्त्रीलाई गोकुलको प्रश्न- कुन शक्ति केन्द्रले कुन रिमोटबाट देश चलाएको छ, जवाफ चाहियो ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश कहाँबाट चलेको छ, कार्यकारी प्रमुख भएपछि त्यसको जवाफ दिनुपर्ने बताए ।

बास्कोटाले भने, ‘एउटा अनौठो कुरा देखियो, १२ भाइ हो कि १७ भाइ हो, मूलधारे मिडियाका सम्पादकहरुसित प्रधानमन्त्रीले एउटा मिटिङ गरेको सुनियो र उहाँले नै जानकारी गराएअनुसार खै के भइरहेको छ, कसले गरिरहेको छ, कहाँबाट प्ले भइरहेको छ मलाई थाहा छैन भन्ने प्रधानमन्त्रीको भनाइ हो, मिडियाबाट उद्धृत भएको । तर, म सोध्न चाहन्छु, देशको कार्यकारी को ? त्यसको भन्न मिल्छ कि मिल्दैन ? यो जवाफ दिनुपर्छ कि पर्दैन ? कहाँबाट चल्या छ ? त्यसो भए कुन शक्तिकेन्द्रले कुन रिमोटबाट देश चलाएको छ ? त्यसको जवाफ चाहियो नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर