एक महिनाको अवरोधपछि खुलेको सदनमा पक्ष विपक्षको बहस – Nepal Press

एक महिनाको अवरोधपछि खुलेको सदनमा पक्ष विपक्षको बहस

काठमाडौं । प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बसेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको थियो ।

सिंहदबारमा प्रधानमन्त्री प्रचण्डद्वारा आव्हान गरिएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो । इलेक्ट्रिक सिक्रेटमा लुकाएर ल्याएको सुन साथै ब्रेक सुमा हालेर तस्करी गरिएको सुनलगायतका घटनामा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको हो ।

सहमतिपछि एमालेका प्रमुख सचेतक पदम गिरीले सदन अवरोध गर्ने आफूहरूको चाहना नभएको प्रष्टीकरण दिए ।

दलहरूबीच एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति बनेको छ । एमालेले साउन १० गतेबाट संसद अवरोध गर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर