काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो – Nepal Press

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।

क्षतिको विवरण आइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर