कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती – Nepal Press

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन् ।

अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएशनको अध्यक्ष बनेसँगै खाली रहेको संयोजक पदमा खातीलाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर