सन्दीपले एसिया कप खेल्नेछन्, ढिला टीम ज्वाइन गर्न अनुमति दिनुपर्छ: प्रशिक्षक देसाई (भिडिओ) – Nepal Press

सन्दीपले एसिया कप खेल्नेछन्, ढिला टीम ज्वाइन गर्न अनुमति दिनुपर्छ: प्रशिक्षक देसाई (भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कप खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले परिस्थितिजन्य कारणले सन्दीप ढिला पाकिस्तान जाने संकेत गरे ।

नेपाली टीम एसिया कपका लागि भोलि पाकिस्तान प्रस्थान गर्दैछ । सन्दीप भने भोलि नजाने भएका छन् । यस विषयमा आज नेपाल क्रिकेट संघको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेल र प्रशिक्षक देसाईलाई सोधिएको थियो ।

रोहितले सन्दीपको विषयमा एकिन जानकारी नरहेको बताए । तर, यदि उनी अनुपस्थित भए टीममा ठूलो प्रभाव पर्ने पौडेलको भनाइ थियो ।

‘एकदम ठूलो प्लेयर हुनुहुन्छ । उहाँ नहुँदा टीममा धेरै असर पर्छ । स्यान्डी दाइलाई रिप्लेस गर्न कठिन हुन्छ । अहिले केही कन्फर्म छैन’, पौडेलले भने ।

तर, पौडेललाई रोक्दै प्रशिक्षक देसाईले भने, ‘आई डन्ट थिंक सो । हामी साउथ अफ्रिका जाँदा पनि सन्दीप ढिला आएका थिए । ऊ विश्वकप क्वालिफायरमा पनि गएको थियो । यो एउटा फरक परिस्थिति हो । यसलाई बुझ्नुपर्छ । हामीलाई थाहा छ कि ऊ एउटा च्याम्पियन क्रिकेटर हो । हामी डे«सिङ रुममा प्रार्थना गरिरहेका छौं कि सत्यको जीत होस् । फैसला आएपछि एउटा रिलिफ हुनेछ । फरक परिस्थितिको सामना गरिरहेको हुँदा उसलाई अलिकति स्पेस दिनुपर्छ । बीचमा उसको तारिख छ भन्ने सुनेको छु, जसमा उसले उपस्थित हुनुपर्छ । त्यसैले ढिलाइका लागि अनुमति दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर