नेपाल र भारतबीचको खेलमा दुवै देशको राष्ट्रिय गान गाउँछु : प्रशिक्षक मोन्टी देसाई (भिडिओ) – Nepal Press

नेपाल र भारतबीचको खेलमा दुवै देशको राष्ट्रिय गान गाउँछु : प्रशिक्षक मोन्टी देसाई (भिडिओ)

काठमाडौं । नेपालले भारतको सिनियर क्रिकेट टीमसँग पहिलोपटक प्रतिस्पर्धा गर्दैछ । एसिया कपको समूह चरणमा आउँदो १८ भदौमा नेपाल-भारतको भिडन्त हुन लागेको हो ।

संयोगवश यतिबेला नेपालको राष्ट्रिय टीमलाई भारतीय प्रशिक्षक मोन्टी देसाइले सम्हालिरहेका छन् । आफूले प्रशिक्षण गरिरहेको देश र आफू जन्मेको देशको खेलमा उनको मनोभावना कस्तो होला ? आज पत्रकार सम्मेलनमा एक पत्रकारले यो प्रश्न सोधिहाले ।

प्रशिक्षक देसाई सुरुमा हाँसे । त्यसपछि यस्तो जवाफ दिए:

‘म आफ्नो जिम्मेवारीलाई तपाईंले प्रश्न गरेको तरिकाले हेर्दिनँ । यो प्रतियोगितामा यदि राष्ट्रिय गान बजाइयो भने म दुवै देशको राष्ट्रिय गान गाउनेछु । नेसनल एन्थम भनेको सेनाको सम्मानका लागि हो । ती सैनिक जसले तपाईंको बोर्डरको रक्षा गर्छन्, र ती सैनिक जसले मेरो देशको सीमा रक्षा गर्छन् । जहाँसम्म खेलको सवाल छ, म पूर्णरुपमा यी केटाहरुमा लगानी भएको छु । मैले यी केटाहरुलाई निर्दोष युवाहरुको रुपमा हेर्छु, जसको सपना छ, र सपनालाई पछ्याइरहेका छन् । आजसम्म टेलिभिजनमा हेरिरहेका खेलाडीहरुसँग मैदानमा भिड्ने अवसर पाएका छन् । म यिनीहरुका लागि उत्साहित छु, जो पहिलोपटक खेल्दैछन् । उनीहरुले विकेट लिँदा, रन बटुल्दा, रन आउट गर्दा कसरी सेलिब्रेट गर्छन् हेर्न आतुर छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर