कांग्रेस अभियानको समीक्षा- विपक्षले फैलाएको भ्रम र आन्तरिक असन्तुष्टिले पार्टी शिथिल बन्यो – Nepal Press

कांग्रेस अभियानको समीक्षा- विपक्षले फैलाएको भ्रम र आन्तरिक असन्तुष्टिले पार्टी शिथिल बन्यो

काठमाडौं । नेपाली कांग्रेसले साउन २० देखि ३० देशव्यापी अभियानले कांग्रेस पार्टीविरुद्ध फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरसम्म अन्यौलता सृजना भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसको आन्तरिक अभियानको उपलब्धिबारे जानकारी दिन प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा उनल विपक्षीले फैलाएको भ्रममा कारणले पार्टी कमजोर भएको बताए ।

उनले भने, ‘राम्रो परिणामका साथ प्रथम पार्टी बनेको कुरा सबै तहमा सकरात्मक सन्देश फैलिएको भएता पनि तत्पश्चात पार्टी भित्र र बाहिरबाट कांग्रेस पार्टी विरुद्ध फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको र यसैका कारण पार्टी कमजोर वा शिथील भएको भनि विपक्षीले फैलाएको भ्रममा हाम्रो पार्टीका साथीहरु समेत प्रभावित भएको पाइयो ।’

निर्वाचन परिणामका दृष्टिले नेपाली कांग्रेस तीनै तहमा ठूलो दल कायम बनेको बताए ।

उनले भने, ‘हामी संघ र प्रदेश सरकारमा पनि छौं । यी सफतालाई सुखद ढंगले आत्मसात गरि तीनै तहका सरकार मार्फत जनतामा पार्टी र उम्मेद्वारले गरेका आफना प्रतिवद्धता कार्यान्वयनको महान राष्ट्रिय अभियानमा जुट्नु पर्ने बेला पार्टीका अधिवेशन र निर्वाचनका असन्तुष्टीको भारी बोकेर जनतामा जाने प्रवृति बढ्यो । फलस्वरुप पार्टी पंक्तिमा निराशाको वादल मडारियो । यसैलाई अवसर ठानी विचार, संगठन, सबाल र नीति कार्यक्रम समेत नभएका दलहरुले गाली, विरोध र अराजक, उत्ताउलो गतिविधिको सहारामा लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सात दशकसम्म बलिदानीपूर्ण क्रान्ति, संघर्ष र आन्दोलन गरेर आएका दलहरु त्यसमा पनि विशेषतः नेपाली कांग्रेसलाई अस्वभाविक ढंगले प्रहार गर्न थालिएको छ भन्ने कुरा जिम्मेवार अग्रज नेताहरुको वुझाइ छ ।’

पार्टी आन्तरिक विवादको कारणले पनि कमजोर भएको उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर